समाचार

गोदावरीका विद्यार्थीलाई स्टेसनरी,ब्याग लगायतका शैक्षिक सामग्री वितरण

ललितपुर ,गोदावरी  नगरपालिका ललितपुरका ३ वटा विद्यालयका बिद्यार्थीहरुको न्युनतम आवश्यकता पुर्ति गर्ने उदेश्यले स्कुल ब्याग , स्टेसनरी सामाग्री , हाईजिनीक प्याक , लगाएत १९ थरीको सामाग्रीहरु बितरण गरिएको छ ।

२०७२ को महाभुकम्पपछि देशमा देखापरेको आर्थिक , सामाजिक, स्वास्थ्य, शिक्षा लगायतका परेको प्रभावलाई मध्यनजर गर्दै चाईना फाउन्डेशन फर पोभर्टी एलिभिएसन को आर्थिक सहयोग र ग्लोवल को-अपरेशन फर डेभलमेन्टको सहकार्यमा शिक्षा सहयोग(पाण्डा प्याक) कार्यक्रम अन्तर्गत गोदावरी ६ को सरस्वती आधारभूत विद्यालयआ १९० जना,गोदावरी १० को उदयखर्क माध्यमिक विद्यालयका ११० जना र गोदावरी १३ को नवज्योति माध्यमिक विद्यालयका३२२ गरि कुल ६२२ विद्यार्थीहरुलाई सो सामग्रीहरु वितरण गरिएको हो ।

ग्लोबल को – अपरेशन फर डेभलपमेन्ट का अध्यक्ष मुक्ति मरासिनीले नेपालमा भएका सामुदायीक विद्यालयहरुको शिक्षाको गुणस्तर लगाएत विद्यार्थीहरु बिद्यालयमा आउन सम्म नसक्ने समस्यालाई मध्यनजर गरी सानो सहयोग गरिको जानकारी दिए । साथै नेपालका बिभिन्न सामुदायीक स्कुलमा खाजा , लत्ताकपडा लगाएत शैक्षिक सामाग्री बितरण कार्यक्रम राखिएको समेत उनले बताए । चाईना फाउन्डेसन फर पोभर्टी एलिभेसनका प्रतिनिधि सुरेश प्याकुरेलले संस्थाको गतिविधिका बारेमा जानकारी दिँदै प्राप्त शैक्षिक सामग्रीहरुको सही सदुपयोग गर्न आग्रह गरे ।

साथै नेपाल सरकारले पोषण युक्त खाजा कार्यक्रम बापत बिद्यालयलाई दिँदै आईरहेको खर्च रकम अपुग भएको ले अबिलम्व पुग्ने गरी ब्यबस्थापनको लागी ध्यानाकर्षण पनि गराएका छन् । कार्यक्रमको संयोजन गोदावरी नपा वडान ११का समाजसेबी ,प्रगतिशिल सामुदायिक अध्य्यन केन्द्रका अध्यक्ष भाग्यराम महर्जनले गरेका थिए ।

Related Articles

Back to top button