समाचार

सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप

रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन्।

ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको चाेट लागेकाे तथा अन्य धेरै ब्यक्ति लाई चोटपटक लागेको बताइएकाे छ ।सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि एक्कासि ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो फालिएको प्रत्यक्षदर्शीले स्थानीय बाबुलाल साहले बताएका छन्।

घटनाको खबर लगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ घटनास्थल पुगेका छन्।

Related Articles

Back to top button