समाचार

भट्टेडाँडामा निःशुल्क आँखा शिविर सम्पन्न

ललितपुर ,बागमती गाउँपालिका भट्टेडाँडामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको प्राविधिक सहयोग,लायन्स क्लबहरू,भट्टेडाँडा टोल विकास संस्था र भट्टेडाँडा आधारभूत विद्यालयको आयोजनामा सम्पन्न भएको शिविरमा करिब २६३ जनाले आँखा परीक्षण गराएका थिए।

जसमा आँखा सम्बन्धी समस्या भोगिरहनुभएका ४३ जनालाई निःशुल्क औषधी वितरण, ६५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने ८ जनाको शल्यक्रिया गर्नुपर्ने र केही व्यक्तिहरूको थप परीक्षण तथा उपचार गर्नुपर्ने अवस्था देखिएको थियो। शिविरमा भट्टेडाँडा आ.वि.,महाकाली देवी मा.वि.,भानु आ.वि.,वाघभैरव आ.वि.,यास्पा आ.वि का शिक्षक तथा विद्यार्थीहरू,भट्टेडाँडा, इकुडोल, यास्पा, छवेली, चैनपुर, भैँसे, सिरुडाँडा लगायत अन्य स्थानबाट सेवाग्राही अरूको उपस्थिति रहेको थियो।

गाउँमा आँखा उपचारको व्यवस्था नहुँदा पढ्नमा समस्या रहेको तर पहिचान नभएका विद्यार्थीहरूले उपचार पाउनुको साथै स्थानीय हरूले पनि अवसरको सदुपयोग गरी नेत्र परीक्षण गर्न पाएकोमा हर्षित भएको टोल विकास संस्था अध्यक्ष तथा भट्टेडाडा आवि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

Related Articles

Back to top button