समाचार

एमाले सुनकोशी ६ सिन्धुलिमा रमेश दर्लामी सर्वसम्मत

ललितपुर,सुनकोशी गाउपालिका-६ सिन्धुलिको वडा अधिवेसनबाट रमेश दर्लामि सर्वसम्मत चयन भएका छन। सनिवार सम्पन्न वडा कमिटी अधिबेशन बाट दर्लामिको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी चयन भएको हो।
सनिबार भएको कार्यक्रममा करिब ४०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा नेता लोक बहादुर थापाले आफू एमाले जस्तो जनताको प्रिय पाटिको कार्यकर्ता हुदा गर्व महसुस गरेको बताउनु भयो।नेता थापाले आफ्नो परिवारले जनयुद्धको समयमा योगदान गरेपनी नेतृत्व तवर बाट अपहेलित भएको र पछिल्लो समयमा माओवादी पार्टि नाताबाद र कृपाबादको सिमाबाट बाहिर निसकन नस्क्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो।

सनिवार सम्पन्न भएको कार्यक्रममा लक्ष्मी प्रसाद तिमल्सिना,लोक बहादुर थापा,गोपाल श्रेष्ठ,सालिकराम थापा,सम्मर बहादुर माझी लगाएतको नेताले कार्यक्रमलाइ सम्बोधन गर्नुभएको थियो।
सम्बोधनकै क्रममा नव निर्वाचित दर्लामीले एमाले पाटी सधै जनताको पक्षमा उभिने पाटी रहेको हुदा जनता प्रती उत्तरदायी र संगठनले दिएको जिम्मेवारी लाई कहिले पनि निरास नबनाउने वचन बद्दता ब्यक्त गर्नु भयो।

तस्बिर/मादब दर्लामी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button