समाचार

ललितपुरमा दुई कृष्णको भिडन्त,चित्रकारलाइ बलियो समर्थन

ललितपुर /नेपाली काङ्ग्रेस को १४ औ महाधिवेशन अन्तर्गत ललितपुर जिल्ला सभापतिको लागि मिन कृष्ण महर्जन,रामकृष्ण चित्रकार,जितेन्द्र कुमार श्रेष्ठ बिच प्रतिस्पर्धा हुने भएको छ।

रामकृष्ण चित्रकारले छुट्टै प्यानल बनाएका छन् भने जितेन्द्र कुमार श्रेष्ठ र मीनकृष्ण महर्जनको प्यानलबीच समझदारी हुने भएको छ। नेता मीन कृष्ण महर्जन ललितपुर क्षेत्रमा राम्रो छवि बनाएका नेता हुन दक्षिण ललितपुरको कुना कुना पुगेका महर्जन त्यस ठाउको लागि परिचित अनुहार हो कार्यकर्ता लाई रिजाएर राख्न सक्ने नेताको रुपमा चिनिएका महर्जन १ नं क्षेत्रको युवाहरूको ढुक्ढुकि भएको दाबी गर्छन ।
ललितपुर जिल्ला सभापतिको आज हुने मतदानमा महर्जन र श्रेष्ठ प्यानल लाई पुर्व अर्थ राज्यमन्त्री उदय शम्सेर राणाको साथ रहेको छ।
ललितपुरे जनता माझ परिचित अर्को अनुहार हुन राम कृष्ण चित्रकार । चित्रकार लाई नेपाली काङ्ग्रेस को १४ औं महाधिबेशन मा ललितपुर काङ्ग्रेस को सभापती बनाउन नेपाली काङ्ग्रेस का बर्तमान सभापती मदन अमात्य लगायत टिमको समर्थन रहेको छ । जनताको समस्या लाई सहजै ग्रहण गरि समाधान खोज्ने चित्रकार लाई नेपाली काङ्ग्रेस ललितपुर का प्रभाबसाली नेता एबम पुर्व सांसद चन्द्र महर्जन, महासमिती सदस्य मथुरा प्रसाद घिमिरे र ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जन लगायतको समर्थन रहेको छ । ललितपुर काङ्ग्रेस का प्रभाब साली नेता को समर्थन पाएका रामकृष्ण चित्रकारको टिममा गोदावरी नगरपालिका को मेयर गजेन्द्र महर्जनले उपसभापती मा उम्मेद्बारी घोषणा गरेका हुन । अर्का उपसभापति मा खोम प्रसाद घिमिरे ले उमेदवारी घोषणा गर्नु भएको छ भने सचिबमा बिष्णु प्रसाद तिमलसिना रहेका छन। ललितपुर काङ्ग्रेस मा प्रभाबसाली नेताको साथ र समर्थन पाएका चित्रकार लाई ललितपुर काङ्ग्रेस को बलिया उमेदवार को रुपमा लिएको छ ।
जिल्ला अधिवेशनमा सभापति हुनका लागि कुलमतको ५१ प्रतिशत ल्याउनु पर्ने भएकोले सभापतिका ३ जना उम्मेदवार हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत पुर्‍याउन सक्ने देखिदैन ।मीनकृष्ण महर्जन र जितेन्द्र बीच दोस्रो चरणाका लागि बढि मत ल्याउनेलाई सहयोग गर्ने समझदारी भएको पाइएको छ भने चित्रकार आफ्नै प्यानलमा प्रतिस्पर्धा गर्ने भएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button