समाचार

एमाले दसौं माहाधिबेसनमा आज बन्द सत्र हुदै

ललितपुर/ नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुन: विधान संशोधनको विषयमा पनि छलफल गर्ने भएको छ । यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ ।

आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ । एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने तयारी भए पनि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । रावलले हिजो राति पत्रकार सम्मेलन गरेर आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

वरिष्ठ उपाध्यक्षसहितका पदमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ, तर अहिलेसम्म टुङ्गो लागेको छैन ।प्रणाम खबर बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button