खेलकुदसमाचार

आर्मीले कर्णालीलाई १६४ रनले हरायो

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो ।आर्मीको पाँचौं जित भएको छ । कर्णालीको भने यो पाँचौ हार हो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाएको थियो ।आर्मीका कप्तान विनोद भण्डारीले नटआउट १०० रनको शतकीय पारि खेल्दा बसिर अहमदले नटआउट ९८ रन बनाए ।

जितसँगै आर्मीले तालिकामा १० अंक बनाएको छ । अहिले तेस्रो स्थानमा रहेको आर्मीले समूह चरणमा अझै २ खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना भने बाँकी छ ।

Related Articles

Back to top button