शिक्षा

ललितपुर प्याब्सनमा महर्जन बिजयी

ललितपुर,३पौष ०७८/ निजि तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सनको ललितपुर जिल्ला अधिबेशन आज सम्पन्न भएको छ।
जिल्ला अधिबेशन बाट तीन बर्षे कार्यकालको लागि निरोज महर्जन बिजयी हुनुभएको हो।
एक सय पचास मतदातामा एक सय बत्तीस मत खसकेको थियो । निरोज मर्हजनको प्रत्यासी बिष्णु बस्नेतले ५२ मत ल्याई उपविजेता बनेँ सँगै ८० मत ल्याई मर्हजनले शानदार जित हात पारे।यसैगरि ताराप्रसाद खनाल वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा सरस्वति (शशि) श्रेष्ठ, वासुदेव कोइराला, सचिवमा सुन्दर कुमार श्रेष्ठ, सहसचिवमा चन्द्र शेखर सापकोटा र विशाल ग्याङपु, कोषाध्यक्षमा जमुना मर्हजन, सहकोषाध्यक्षमा सरस्वति थापा विजय भएका छन् । यसैगरि कार्य समितिमा ६ जना सदस्यहरु विजय भएको जानकारी प्राप्त भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button