शिक्षासमाचार

त्रिविका शैक्षिक प्रमाण पत्र लिन अनलाइन आवेदन दिन सकिने

त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै १५ माघदेखि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइन मार्फत आवेदन दिन सकिने जानकारी दिएको छ ।कार्यालयको सूचना अनुसार विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रमाणपत्रको प्रतिलिपी, प्रमाणपत्र सच्याउने जस्ता कामका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने र अनलाइनमार्फत नै शुल्क तिर्न सक्ने व्यवस्था गरिएको छ ।

अनलाइन आवेदन दिएपछि कहिले र कहाँ शैक्षिक पत्र उपलब्ध हुन्छ भन्ने जानकारी अनलाइनमार्फत नै गराइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button