समाचार

ललितपुरमा विज्ञान प्रदर्शनी सम्पन्न ।

ललितपुर ,शिक्षा विकास तथा समन्वय इकाइ ,ललितपुरको आयोजनामा ललितपुरमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तहका १/१ विद्यालयले सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख निमप्रकाश सिंह राठौरले जानकारी दिनुभयो ।

प्रदर्शनीमा बागमती गाउँपालिकाको शारदा शिक्षा सदन माध्यमिक विद्यालयले रक्तसञ्चार ,महाङ्कालको बाघभैरव माध्यमिक विद्यालयले हाइवे, कोन्ज्योसोम गाउँपालिकाको गुप्तेश्वर माध्यमिक विद्यालयले भूकम्प प्रतिरोधी घर , महालक्ष्मी नगरपालिकाको वेस्ट विङ माध्यमिक विद्यालयले सोलार सिस्टम र ललितपुर महानगरपालिकाको श्रमिक शान्ति विद्यालयले पोलिनेशनको परियोजना प्रस्तुत गरेका थिए ।सम्बन्धित विद्यालयले स्थानीय तहको प्रतिनिधित्व गरेका छन्।जसमा प्रथम वेष्ट वीङ,दोस्रो वाणिविलास ,तेस्रो श्रमिक शान्ति र सान्त्वना गुप्तेश्वर विद्यालय भएका छन् ।यस्ता कार्यक्रमले बालबालिकाले अनुभवमा आधारित सिकाइ पाउनुका साथै प्रस्तुतीकरणमा समेत फाइदा पुग्ने इकाइ प्रमुख राठौरले बताउनु भयो ।

प्रथम हुने विद्यालयले वागमती प्रदेश स्तरमा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।उत्कृष्टलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयालले विद्यार्थीका क्षमताले सम्मान पाएको र विद्यालयले यस्ता कार्यमा लाग्न प्रेरित गर्नु भयो ।सिकाइलाई वैज्ञानिक बनाउन आग्रह समेत उहाँले गर्नु भयो ।कार्यक्रम शिक्षा विकास निर्देशनालय हेटौंडा ,मकवानपुरको सहयोगमा भएको हो।प्रदर्शनीको करीब एक हजार विद्यार्थीले अवलोकन गरेका थिए ।

Related Articles

Back to top button