समाचार

ललितपुरको इमाडोलमा इनारभित्र खसेकी महिलाको सकुशल उद्धार

ललितपुरको इमाडोलस्थित इनारमा खसेकी एक महिलाको दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ ।

दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । उद्धार गर्न करिब साढे दुई घण्टा लाग्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ, जोशीले भने । उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

सोमबार बिहान ९ः ५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै उनी इनारमा खसेकी थिइन् । प्रहरीका अनुसार उनी कपडा धोइरहेकी थिइन् । कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढिन् । त्यही बेला स्ल्याब फुटेर इनारभित्र खसेको पाइयो ।

Related Articles

Back to top button