अर्थतन्त्रसमाचार

पशुपतिनगरमा राजस्व संकलन केन्द्र स्थापना

इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल-भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो । पशुपतिनगर नाका भएर दैनिक एक सयभन्दा बढी भारतीय सवारीसाधनमा पर्यटक नेपाल भित्रिने गरेको बताइएको छ ।

कर संकलन केन्द्रबाट विशेष गरी भारतीय सवारी साधनलाई सुविधा भएको सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताउनुभयो । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईसमक्ष उद्योग वाणिज्य संघले कर संकलन केन्द्र स्थापनाका लागि पहल गरेपछि कार्यालय स्थापना भएको बताइएको छ ।

Related Articles

Back to top button