खेलकुदसमाचार

एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फिर्ता

चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली नेपाल आइपुगेको छ।

पदक विजेता नेपाली खेलाडी मङ्गलबार नेपाल आइपुगेको हो। टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। एसियाली खेलकुदमा नेपालले १ रजत र १ कास्य जित्न सफल भएको थियो। नेपालको लागि करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले काँस्य जितेका थिए ।

इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएर राष्ट्रिय शोक घोषणा गरिएका कारण र्‍याली भने स्थगित गरिएको थियो। पदक विजेता खेलाडीलाई राखेप परिसरमा सम्मान गरिनेछ।

यो पटकको एसियाडमा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले सहभागिता जनाएका थिए।

Related Articles

Back to top button