अन्तर्राष्ट्रियसमाचार

इजरायली आक्रमणबाट गाजाका आधा संरचना ध्वस्त भएको तथ्यांक सार्वजनिक

इजरायलले गत अक्टोबर ७ देखि हमासविरुद्ध गाजापट्टीमा गरेको हमलामा आधाभन्दा बढी भवनहरु ध्वस्त भएको तथ्यांक सार्वजनिक भएको छ ।

बीबीसीले गरेको नयाँ विश्लेषण अनुसार गाजाभरिका आवासीय क्षेत्रहरु ध्वस्त हुनुका साथै बजार र सडकहरु भग्नावशेषमा परिणत भएका छन् । गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु ध्वस्त भइसकेका छन् ।डिसेम्बरको शुरुदेखि दक्षिणी र मध्य गाजामा इजरायलले जारी राखेको बमबारीका कारण गाजाका अधिकांश विश्वविद्यालयहरु भग्नावशेषमा परिणत हुनुका साथै आधाभन्दा बढी संरचनाहरु क्षतिग्रस्त भएको तथ्यांकमा उल्लेख छ ।

जसका कारण लाखौं मानिस घरबारविहीन भएपछि पालमुनि जीवन गजार्न बाध्य छन् । गाजाका १७ लाख जनसंख्या रहेको गाजाका ८० प्रतिशत सर्वसाधारण बिस्थापित भइसकेका छन् ।

 

Related Articles

Back to top button