समाचार

युरेनियम काण्डमा फसेका कांग्रेस नेता महतले पाए सफाइ

ललितपुर ,युरेनियम काण्ड’ मा पक्राउ परेका नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका छन् ।

उनीहरुसँग बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएपछि हाजिरी जमानीमा छुटेका हुन् प्रयोगशालाहरुमा परीक्षण गर्दा उनीहरुबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको जनाइएको छ । उनीहरु फागुनमा बौद्धस्थित होटल हायातबाट पक्राउ परेका थिए ।

भारतबाट युरेनियम बेचबिखनमा केही व्यक्ति सक्रिय भएको सूचनाका आधारमा प्रहरीले हायात होटलको पार्किङमा राखिएको कारबाट २ किलो ८०० ग्राम तौल भएको युरेनियम भनिएको पद्धार्थ बरामद गरेको थियो । उनीहरुले उक्त पद्धार्थ ३५ करोड प्रतिकेजीमा विक्री गर्न लागेका थिए ।

पक्राउ परी आज छुट्नेमा काँग्रेस नेता नवराज महत, व्यवसायी भुपेन्द्रबहादुर खड्का अलावा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, नारायण यादव, महोत्तरिका सुरेन्द्रप्रसाद चौधरी, भारतीय नागरिक उपेन्द्र मिश्र र राजु ठाकुर छन

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button