समाचार

तामाङ पत्रकार सङ्घ ललितपुरको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

ललितपुर ,तामाङ पत्रकार सङ्घ जिल्ला शाखा ललितपुरले २९ औँ तामाङ प्रसारण दिवस मनाएको छ।वि सं २०५१ साल भदौ १ गतेबाट पहिलो पटक रेडियो नेपालमा तामाङ भाषाको समाचार प्रसारण भएको दिन लाईनै आधार मानेर सङ्घले हरेक वर्षको यस दिनलाई तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ।

तामाङ समुदायको भाषा संस्कृति साहित्य संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रम लाई तामाङ समुदायको संरक्षण गर्न महत्त्वपूर्ण रहेको छ।लोप हुँदै गरेको विषयलाई प्रवर्द्धन गर्न पछिल्लो समयमा तामाङ पत्रकार सङ्घ सक्रिय रहेको छ।

शनिवार सम्पन्न कार्यक्रममा तामाङ पत्रकार सङ्घ सचिवालय सदस्य साहिला तामाङ,विशेष अतिथि रमिता बल,सन्चु ब्लोन नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्ष सागर न्यौपाने, नेपाल प्रेस युनियन ललितपुर शाखाको अध्यक्ष केदार दाहाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Related Articles

Back to top button