राजनीतिसमाचार

सङ्घीय संसदको तेस्रो अधिवेशन आज देखि

प्री बजेट छलफलको नयाँ अभ्यास हुँदै

सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो ।

नेपालको संविधानले माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन कार्यतालिका बनाएर अघि बढ्ने दुवै सभाको तयारी छ ।

यस अधिवेशनको सौन्दर्यकारुपमा यसपटक प्री बजेट छलफलसमेत हुने छ । सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै यो कार्य सम्पन्न गर्न अध्यादेश जारी गरिसकेको छ ।

Related Articles

Back to top button