समाचार

पुर्णचन्द्रले सार्वजनिक गरे गगांसागर

ललितपुर ,कलाकार पुर्ण चन्द्र केसिले आफ्नो जन्मदिनको अवसर पारेर टेलि चलचित्र गगांसागर सार्वजनिक गरेका छन।

हेमन्त शिशिर र पुर्णचन्द्र केसीको लेखन तथा निर्देशनमा तयार भएको टेलि श्रीङ्खला गगांसागरले समाजमा भएको बिकृती बिसंगती लगाएत समासामयिक बिषय बस्तुलाई सरल तरिका बाट उठान गरिएको छ।पाक्षिक रुपमा प्रसारणमा आउने उक्त टेलिश्रीङ्खला लाई एचपी क्रीएसन युट्युब च्यानल बाट हेर्न सकिने छ।टेलिश्रीङखलामा बरिस्ठ कलाकार रमा थपलिया,कौशिला कार्की, यामु के सि लगाएतको अभिनय रहेको छ।

पश्चिम रुकुम मुसिकोट घर भइ हाल काठमाडौ लाई कर्मथलो बनाउदै आइरहनु भएका कलाकार पुर्णचन्द्र पेशाले सरकारी जागिरे हुन।आफ्नो नियमित कार्य बाट बाकी रहेको समयलाई सदुपयोग गर्दै पुर्णचन्द्रले निर्माण गर्नु भएको टेलिश्रीङ्खला गगांसागर छोटो समयमै लोकप्रिय बन्दै गइरहेको छ।के सि हाल जिल्ला प्रसासन कार्यालय ललितपुरमा कार्यरत छन।

Related Articles

Back to top button