समाचार

पूर्वगृहमन्त्री बालकृष्ण थुनामुक्त

नक्कली भुटानी शणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण थुनामुक्त भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै खाँण थुनामुक्त भएका हुन्।

खाँणले जिल्ला अदालत काठमाडौंलाई ३० लाख र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई १५ लाख धरौटी बुझाएका थिए।नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण गत वैशाख २७ गते पक्राउ परेका थिए। सरकारले उनीविरुद्ध ठगि लिखत किर्ते राज्य विरूद्धको र संगठित अपराधको मुद्दा दायर गरेको छ।अदालतमा धरौटी बुझाएपछि खाँणलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग उपस्थित गराइएको थियो। विभागले १५ लाख धरौटी मागेको थियो। त्यहाँ जग्गा धितो राखेर खाँणले बैंक ग्यारेण्टी पेश गरेका थिए। नबिल बैंक ग्यारेण्टी बसेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग उपस्थित गराइएको थियो। अख्तियारले खाँणलाई साधारण तारेखमा छाडेको छ। अख्तियारले साधारण तारेखमा छोडेसँगै खाँण थुनामुक्त भएका हुन्।

Related Articles

Back to top button