राजनीतिसमाचार

राज्यको सम्पत्ति दोहन गर्नेहरूलाई नै राजनीतिक संरक्षण मिलेको छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले नागरिकता किर्ते, सरकारी जग्गा कब्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारवाही हुन नसकेको बताएका हुन्।

लामिछानले अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि बोलाउँदा पनि नजाने नेताका दलहरुले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने उनको भनाइ छ।सदनलाई उत्तरदायिका साथ प्रभावकारी बनाउन रास्वपाले प्रभावकारी भूमिका निर्वाह गर्ने भन्दै उनले संसदले क्यालेन्डर बनाएको प्रति आभार व्यक्त गरे।

लामिछानेले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्यका साथै समस्या समाधानको प्रतिवेदन रास्वापाले तयार गरेको र आवश्यक परे सरकारले रास्वपाको सहयोग लिन सक्ने उल्लेख गरे।

Related Articles

Back to top button