समाचार

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलीदेखि खुला हुने

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलीदेखि खुला हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा पनि निःशुल्क पार्किङ सेवा छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि नि:शुल्क  पार्किङ उपलब्ध हुने पाण्डेले बताए ।

Related Articles

Back to top button