समाचार

एमालेको दसौं राष्ट्रिय माहाधिबेसन चितवनमा हुने

ललितपुर,नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। बिहीबार ललितपुरको तुलसीलाल अमात्य प्रतिष्ठानमा सम्पन्न पार्टीको स्थायी कमिटिको वैठकले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।

महाधिवेशनको तयारीका लागि बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ। गत असोज १५ देखि १७ सम्म गोदावरीमा सम्पन्न विधान महाधिवेशनले दशौँ महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको भए तापनिं स्थायी कमिटि बैठकमा विधान महाधिवेशनको समीक्षा गर्दै चितवनमा सार्ने निर्णय भएको पार्टी सचिव गोकर्ण विष्टले जानकारी दिए
प्रणाम खबर बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button