समाचार

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा  जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले दुर्घटना ८ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको उँहाले बताउँँनुभयो  । ।

मृतक र घाइतेको पहिचान खोलेको छैन ।

Related Articles

Back to top button