शिक्षा

कोरोना बढेपछी धमाधम बन्द हुँदै उपत्यकाको बिद्यालय

ललितपुर ,२२ पौष ०७८// उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएपछि कतिपय विद्यालयले आकस्मिक रुपमा बन्द घोषणा गरेका छन् ।

काठमाडौं उपत्यकाका केही विद्यालयले धमाधम विद्यालय बन्दको घोषणा गरी कम्तिमा दुई हप्ता नखोल्ने सूचना जारी गरेका छन् । त्यस्ता विद्यालयले विद्यार्थीहरुमा कोरोना भाइरसको परीक्षण समेत गर्न भनेका छन् ।

पछिल्लो समय ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिइरहेको छ । यसले जनजीवन प्रभावित बन्दै गएको छ ।

चीसो बढेसँगै कोरोनाको खतरा झन् बढेको देखिदैछ । बालबालिका र किशोरकिशोरीमा समेत संक्रमणको असर बढेर गएको छ ।रिपोटर्स नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button