समाचार

उदयको रोजाइ अर्थमन्त्रालय कांग्रेसको भागमा

ललितपुर –माओवादी कांग्रेस सहितको गठबन्धन बाट रास्ट्रपति चुनाव भएको साता नबित्दै सत्ता गठबन्धनको राज्य समीकरण फेर बदल हुने संकेत देखिएको छ। एमाले सरकारबाट बाहिरिए संगै नयाँ सत्तासमिकरण हुने भएको हो। चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जाने तयारी गरिरहेको छ भने एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिए संगै प्रमुख प्रतीपक्षमा रहने देखिन्छ।

आजको मिति सम्म कुन दलले कुनकुन मन्त्रालय लिने भनेर औपचारिक रुपमा छलफल नभएको अवस्थामा अर्थ मन्त्रालय कांग्रेसले पाउने निश्चितजस्तै छ । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकाले अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने निश्चित भएको हो।

नेपाली कांग्रेसको तर्फबाट भने अर्थ मन्त्रीको लागि तीन जना लागि परेको देखिन्छ। प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता उदय शमशेर राणाको नाम चर्चामा रहेको छ।राजनिती बृतमा युवा र शिक्षित हरुको माग रहेको हुदा राणा पहिलो रोजाइमा रहेका छन।

ललितपुर क्षेत्र १ बाट निर्वाचित उदय राणा कांग्रेस बृतमा रुचाइएको नेताको रुपमा हेरिन्छ।पुर्व अर्थ राज्यमन्त्री समेतको अनुभव रहेको राणा एस पटक भने मन्त्रालयनै हाक्ने दाउमा रहेका छन। एतिबेला देसको आर्थिक अवस्था निकै धरासायी बन्दै गैरहेको छ एस्तो अवस्थामा जस्ले देसको आर्थिक भार उकास्न सक्छ उसैको नाम चर्चा हुनु स्वभाविक हो राणा बताउछन् तर पनी पार्टी र गठबन्धनको निर्णय अनुसार अर्थ नभए अरु कुनै मन्त्रालय समहाल्न पनि सक्छु त्यो अहिले नै टुङो लागेको छैन ।

एमाले सहितको गठबन्धन बाट प्रधानमन्त्री भएका माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड अहिले रास्ट्रपति निर्वाचनमा कांग्रेस संग जोडिएका छन भने उता नेकपा एमाले सरकार बाट बाहिरिएको छ। एमाले बाहिरिए संगै पुन प्रचण्डले बिस्वासको मत लिनु पर्ने भएको छ।उप रास्ट्रपति निर्वाचन र बिस्वासको मत पाए पछि कुन मन्त्रालय कस्लाइ दिने भन्ने बिषयको टुङो लाग्ने प्रचण्ड निकट नेता बताउछन ।

Related Articles

Back to top button