राजनीतिसमाचार

पार्टीलाई राम्रोसंग बुझ्नसकेमात्र टिकाटिप्पणीको प्रतिकार गर्न सहज हुन्छः देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई राम्रोसंग बुझ्नसकेमात्र बिभिन्न टिकाटिप्पणीको प्रतिकार गर्न सहज हुने बताउनुभएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण गर्दै सभापति देउवाले अहिले कांग्रेसप्रति बिभिन्न टिकाटिप्पणीका साथै आक्रमण र आलोचना हुन थालेकाले पार्टीलाई राम्रोसंग बुझ्नसकेमात्र त्यसको प्रतिकार गर्न सकिने बताउनुभएको हो ।कांग्रेसलाई जनतामाझ लोकप्रीय बनाउनुमा मुखपत्रहरुको भुमिका महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।

सभापति देउवाले पार्टीलाई ग्रासरुटमा पुराएर समर्थन पैदा गर्ने अवस्था सिर्जना गर्नुपर्ने जिकिर गर्नुभयो ।

 

Related Articles

Back to top button