राजनीतिसमाचार

राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापना गरौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताउँनुभएको छ ।

संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्कर तन्त्रमा रूपान्तरित भएको उनको आरोप छ । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरूप राजासहितको हिन्दु राष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरेका छन् । राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापना राजनैतिक दलहरू तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने उनले बताए ।

सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए ।

Related Articles

Back to top button