समाचार

प्रधानमन्त्री प्रचण्डले गरे दुर्गा भवानीको पूजा

लतिलपुरको ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सम्पन्न भएको छ ।

शनिवार जात्रा समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।हरेक १२ वर्षको एकपटक घण्टाकर्ण चतुदर्शीको दिनबाट ठेचो नवदुर्गाको १२ वर्षे जात्रा शुरू हुने गर्दछ । सो दिन ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिबाट पूजा गरी ताल्चा लगाएपछि जात्रा शुरू हुन्छ ।

जात्रामा युवतीहरू नवदुर्गा भवानीको अवतारमा देखिएका थिए । साथै, विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।

Related Articles

Back to top button