राजनीतिसमाचार

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारीपीडितसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सहकारीका सदस्य मर्कामा पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका निम्ति पैसा लगेको कुरा आएपछि लामिछानेले चितवनका सहकारीपीडितसँग भेट गरेका हुन् । आफू टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको थाहा नभएको उनले बताए । आफू सहकारीपीडितको पक्षमा रहेको उनले उल्लेख गरे ।आफू टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएको र त्यहाँ रहँदा सञ्चालनका निम्ति कुनै सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको उनले जिकिर गरे ।

देशैभरका सहकारीपीडितका पक्षमा काम गर्न पार्टीभित्र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समाधानसहितको प्रतिवेदन तयार पारेको उनले जानकारी दिए ।

Related Articles

Back to top button