अन्तर्राष्ट्रियसमाचार

रुस-युक्रेन युद्धमा परेकाहरुको उद्धार गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

रुस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकहरु जुनसुकै अवस्थामा रहे पनि उनीहरुको मानव अधिकार संरक्षण गर्नु सरकारको कर्तव्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

‘रुस र युक्रेनबीच भइरहेको युद्धका क्रममा नेपालीहरु विभिन्न गैरकानुनी बाटो प्रयोग गरी रुसी र युक्रनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको, केही घाइते भएका र अझै पनि सयौंको संख्यामा दुवैतर्फको सेनामा नेपालीहरु संलग्न रहेको बुझिन आएको छ।

Related Articles

Back to top button