समाचार

सिन्डिकेटको राजनीतिले सकियो बिद्युत् सहकारी 

नवराज कार्की , ललितपुर – दक्षिण ललितपुर ग्रामीण बिद्युत्  सहकारी संस्थाको चुनावी सरगर्मी बढे  सँगै विवाद उत्सर्गमा पुगेको छ।नेपालकै इतिहासमा पहिलो पटक सहकारीको माध्यम बाट दक्षिण ललितपुरको साबिक १९ ओटा गाविस लाई झिलिमिली बनाउने सहकारी आज राजनीतिको अन्धकारमा रोमालिएको छ।

आगामी पौष २१ गते बाईसौ साधारण सभा हुने मिति तय गरेसँगै चुनावी सरगर्मी बढेको हो ।संस्थाको साधारण सभा बाट ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नुपर्ने भएकाले निर्वाचन उपसमितिले निर्वाचनको कार्य तालिका प्रकाशन गरेपछि निर्वाचन  कार्य अगाडि बढेको थियो ।यो पटक हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी पर्नुले पनि माहौल रोचक बन्दै थियो । हालका अध्यक्ष गोविन्द बजगाईँ, भीमसेन आचार्य र हरि न्यौपानेले अध्यक्ष पदका लागि मैदानमा उत्रिएका थिए।

हालका अध्यक्ष गोविन्द बजगाईँ एमाले निकट हुन् बजगाईँ यो भन्दा अगाडी दुई कार्यकाल सहकारीको अध्यक्ष भैसकेका व्यक्ति हुन् तेस्रो कार्यकालको लागि बजगाईँको उम्मेदवारी थियो भने उता हरि न्यौपाने पनि एमाले निकट नै हुन् पेसाले शिक्षक रहेका हरि एमाले पाटीभित्रको सिन्डिकेट तोड्न चाहन्थे,भने एउटै व्यक्ति पटक पटक अध्यक्ष बन्नु भन्दा नयाँ लाई पनि प्राथमिकता दिनुपर्छ भन्ने मान्यता सहित भीमसेन आचार्यले उम्मेदवार दिए

गोविन्द बजगाईँ बाहेक अरू अध्यक्ष बन्नु हुँदैन भन्ने एउटा जमातले गर्दा इतिहास बोकेको बिद्धुत सहकारी  एतिबेला राजनीतिको जालोभित्र परेको छ।बजगाईँलाई अध्यक्ष बनाउनकै लागि निर्वाचन समितिले लेखा संयोजक लक्ष्मण बजगाईँ लाई सर्वसम्मत गरिसकेको थियो तर राजनीति दबाब र सिन्डिकेटले सर्वसम्मत गराउन सकिन्छ भन्ने उद्देश्यले नियम विपरीत अध्यक्ष उम्मेदवार हरि न्यौपानेलाई लेखा संयोजक बनाइएको पाइएको छ।

पहिलेको सहमति

एमालेको आधिकारिक उम्मेदवार गोविन्द भनेर पाटिले सर्कुलेसन गरेको थियो।एउटै पाटी बाट दुई जना उम्मेदवार हुनु पाटीको लागि राम्रो कुरा नहुने भन्दै न्यौपाने लाई जबरजस्त अध्यक्षको उम्मेदवार झिक्न लगाइयो र लेखा समिति संयोजक बनाइयो कथा यत्ति मात्रले टुङिदैन पौष १३ गते संचाकक समिति निर्वाचन आयोग सहितको माइनुट मा लेखा संयोजक लक्ष्मण बजगाईँले एकल उम्मेदवार दिएको देखिन्छ। कानुनतः एकल उम्मेदवार परेको ठाउँमा सर्वसम्मत हुने  गर्छ तर गोविन्द बजगाईँ लाई अध्यक्ष बनाउने होडबाजीले गर्दा निर्वाचन समिति माथिनै प्रश्न चिन्ह खडा हुने गरी माइनट उल्ट्याएर गर्नै नहुने काम गरेको पाइएको छ।

निर्वाचन आयोगका संयोजक राजेन्द्र प्रसाद तिम्सिनालाई यो विषयमा बुझ्न खोज्दा राजनीति हाबी भएको कारण बाट यो भएको उनी स्विकार्छन्। पहिला सञ्चालक हरू बाटै बजगाईँ लाई सर्वसम्मत भनेर सूचना टाँस गरियो।फेरि उहाँलाई हटाएर न्यौपाने लेखा संयोजक बनाइयो।हामी सामान्य मान्छे हौँ नियम कानुन खासै थाहा छैन सञ्चालक शेर सदस्यहरूले हुन्छ भनेपछि ठिकै होला भनेर हामीले यसो गर्‍यौ।

उता लेखा संयोजक को लागि एकल उम्मेदवारी दिएका लक्ष्मण बजगाईँ भने यो कुरा स्विकार्न तयार छैनन्।उनी भन्छन् मैले उम्मेदवार दिएको होइन बाहिर हल्ला मात्र चलेको हो।अहिलेको लागि आधिकारिक उम्मेदवार हरि न्यौपाने नै हुन।यति भनिरहँदा हामीले पाएको प्रमाण अनुसार उनी झुटको खेती गर्दै गोविन्द  सिन्डिकेट लाई कायम गर्ने द्देयमा रहेको प्रस्ट देखिन्छ।

पछिको सहमति

गोविन्दको सिन्डिकेट राजनीति तोड्न अध्यक्ष पदको उम्मेदवार दिएका हरि न्यौपाने लाई भने नियम विपरीत लेखा संयोजक बनाइदिएका छन्।लेखा संयोजक लक्ष्मण  बजगाईँ सर्वसम्मत भएको व्यक्तिलाई हटाएर अध्यक्ष पदको उम्मेदवार ल्याएर हाल्नु पक्कै पनि नियम संवत् थिएन।मलाई जबरजस्त हात समातेर हस्ताक्षर गर्न लगाइयो मैले एमाले लाई गरेको सहयोग यही रहेछ आज थाहा पाए न्यौपाने बत्ताउँछन् ।उनी भन्छन् पाटीको आधिकारिक उम्मेदवार गोविन्द बजगाईँ हो भन्दै म माथी दुर्व्यवहार गर्दै गोविन्दको सिन्डिकेट जोगाउन तिर कार्यकर्ता लाग्नु राम्रो थिएन।

माहाङ्काल गाउँपालिकामा चुनाव हराउन लागि परेका बजगाईँलाई कुन आँखाले राम्रो देख्यो त्यो मलाई थाहा छैन तर मलाई यो अवस्थामा पुर्‍याउने लक्ष्मण लगायत अन्य साथीहरूको कार्यले गर्दा अब सोच्न बाध्य भएको छु न्यौपाने बताउछन् ।

करिब पाँच हजार भन्दा बढी सेर सदस्य रहेको ग्रामिण बिद्धुत सहकारी एउटा छुट्टै इतिहास बोकेको सहकारी हो।स्वस्थ प्रतिस्पर्धा बाट संञ्चालक नियुक्ती गरि उपभोक्त लाई सहज बनाउन तिर नलागी राजनिती अभिष्ट पूरा गर्न तिर लाग्दा सहकारीमाथी कसरि बिस्वास गर्ने ?

Related Articles

Back to top button