समाचार

बोम्जनले सार्वजनिक गरे आफ्नो पाँच बर्षे प्रतिबद्धता

ललितपुर,स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा दल हरुले आफ्नो साझा उमेदवार छन्ने क्रम जारी छ।कतिपय स्थानहरुमा सहज रुपमा सर्वसम्मत गरिएको छ त कतै सर्वसम्मत जुटाउने प्रयासमा स्थानिय प्रतिनिधि लागिपरेको छ।

नेपाली कांग्रेस बागमती ६ आश्राङ बाट सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेद्बारीमा चयन हुनु भएका नारायण बोम्जन्ले आफ्नो उम्मेद्बारी संगै ५ बर्षे कार्यकालको लागि प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ।

विद्याश्वरी उच्च माध्यमिक विद्यालय भवन निर्वाण आश्राङ हेल्थ्पोष्ट भवन आश्राङ् वडा कार्यालय आश्राङ प्रहरी चौकी, आश्रंङ महिला सहकारी भवन सरकारी वा गैर सरकारी संरचना हरु अञ्जानमा वा नियतबस संस्था बनेको ठाउँ भन्दा फरक स्थानमा बनेको हुनाले सो बनेको स्थान संस्थाको आफ्नै नाममा ल्याउने काम १बर्ष भित्र गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

शिक्षा, स्वास्थ्य, खेलकुद,कृषि, युवाहरुलाई स्वरोजगारको अवधारणा, एकीकृत बस्ती संरक्षण,खोला नाला तडबन्दन, मठमन्दिर र गुम्बा अहितको एउटा नामुन गाउँको निर्माण साथै पर्यटिकिय स्थल हरुको पहिचान गरि पर्यटको लागि पिक्निक पार्क संचालन मा ल्याउने जानकारी दिनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button