खेलकुदसमाचार

प्रधानमन्त्री कपमा एपीएफ र कर्णाली प्रदेशकाे विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै एपीएफ क्लबले विजयी सुरुवात गरेको हो । जितको लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६६ रन बनाए ।

पहिलो पटक राउण्ड रोविन लिग फम्र्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Related Articles

Back to top button