समाचारसूचना प्रबिधि

काठमाडौँ महानगरपालिकाले माघ २ गतेबाट ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिने

माघ २ गतेबाट  ४ हजार युवालाई काठमाडौँ महानगरपालिकाले साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप साइबर सेक्युरिटीमा मात्रै ४ हजार जनशक्ति उत्पादन गर्न लागिएको हो ।

 

इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ ।

Related Articles

Back to top button