खेलकुदसमाचार

फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी

फुटबल खेलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ।

हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब ‘निलो कार्ड’ पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो। यसै सातादेखि ट्रायल हुने भनिएपनि फिफाले भने यसको खण्डन गरेको छ। अन्तर्राष्ट्रिय फुटबल एसिसियासन बोर्डले यसै साता निलो कार्डको ट्रायल गर्ने र अर्को सिजनदेखि सबै खेलमा लागु गर्ने दाबि गरिएको छ।‘निलो कार्ड’ कुनै खेलाडीले खेलका क्रममा फाउल गरेमा रेफ्रीले सो खेलाडीलाई १० मिनेटका लागि मैदान बाहिर पठाउन सक्ने गरि प्रयोगमा ल्याउन थालिएको  हो।

तर फिफाले भने निलो कार्ड अर्थात ब्लू कार्ड प्रयोगको विषय अहिले ट्रायल नहुने र यस विषयमा आगामी मार्च १ मा हुने एजिएममा छलफल हुने स्पष्ट गरेको छ।

 

Related Articles

Back to top button