अर्थतन्त्रसमाचार

नेपालका लागि भारतले छुट्टयायो ११ अर्ब २० करोड बजेट

भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ ।

बिहीबार वित्त वर्ष २०२४÷२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीति (क्षेत्र)का लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको हो । जसमध्ये छिमेकी मुलुक नेपालका लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्टाएको छ । अघिल्लो वित्त वर्ष २०२३/२४ का लागि नेपालका लागि भारतले ६५० करोड भारु (१० अर्ब ४० लाख रुपैयाँ) छुट्टाएको थियो ।

उक्त आर्थिक सहायता ऋणमा नभएर अनुदान (ग्रान्ट) मा रहने समेत भारत सरकारले बताएको छ ।

Related Articles

Back to top button