समाचार

सिकाली नृत्य पाटन दरबारमा प्रदर्शन

खोकनाको ऐतिहासिक सिकाली नृत्य शुक्रबार पाटन दरबारको मूलचोकमा प्रदर्शन गरिएको छ ।

१२ वर्षे सिकाली गणजात्रा अन्तगर्त तान्त्रिक नृत्य प्रदर्शन गरिएको हो ।

रुद्रायणी, गणेश, भैरव, कुमारी, ब्रहमा, विष्णु, महेश्वर, इन्द्रायणी, बाराही, चामुण्डाकाली, महालक्ष्मी, हनुमान र कुमार लगायत १४ देवदेवीको तान्त्रिक नृत्य प्रस्तुत गरिएको थियो ।

बिहीबार साँझ पाटनको महालक्ष्मी मन्दिरमा विधिवत रुपमा शुरु भएको तान्त्रिक नृत्य पाटनका विभिन्न स्थानमा प्रदर्शन गरिसकेपछि उपत्यकाका विभिन्न स्थानमा देखाउने गरिन्छ । तान्त्रिक नृत्य देखाउँदा विभिन्न भय र अनिकाल नहुने तथा सुख शान्ति अभिवृद्धि हुने विश्वास गरिन्छ ।

Related Articles

Back to top button