खेलकुदसमाचार

यू१९ विश्वकपमा आज नेपाल र न्युजिल्याण्ड भिड्दै

आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ । नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन् । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो ।यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा हुनेछ ।

Related Articles

Back to top button