राजनीति

कांग्रेस बुखेलमा राम प्रसाद र उद्योगको रस्सा कस्सी

ललितपुर ,आसन्न बैशाख ३०मा हुने स्थानीय निर्वाचनको लागि यति बेला दल हरु आफ्नो प्रतिनिधि छान्ने प्रक्रियामा ब्यस्त रहेका छन।महाङकाल गाउपालिका वडा नं१बुखेलमा नेपाली काङ्ग्रेसलाई चुनावी माहोलले छोइसकेको छ।बुखेल इकाई कार्यसमितिले विभिन्न कार्यक्रम गर्दै जनताको घरदैलोमा पुगिरहेको छ भने उता वडाअध्यक्षको आकाङक्षि पनि धेरै देखिएको छ।
बुखेल बाट वडा अध्यक्षको दाबेदार हरु मध्य राम प्रसाद र उद्योग तिमल्सिना बलियो दावेदारको रुपमा अगाडि आएका छन।

राम प्रसाद घिमिरे बुखेल इकाई कार्यसमिति सभापति हुन। उनलेे आफ्नो कार्यकालमा पार्टी कार्यलय स्थापना ,भातृसंस्थाहरू गठन,टोल कमिटी र विभिन्न प्रशिक्षण कार्यक्रम गर्न सफल भएका छन। आफुलाई पार्टीले टिकट दिएमा समग्र बुखेलको विकास,कृषि पर्यटन को लागि योजना बनाए अगाडि बढने र आफुले टिकट नपाए पनि पार्टी जिताउन लागि पर्ने बुखेललाइ काङ्ग्रेसमय बनाउने बताउनुभयो ।

अर्को बलियो आकाङक्षि हुन उद्योग प्रसाद तिमल्सिना उहा कालि देवि मा वि का पुर्व प्रधानाध्यापक समेत हुन।प्रशासन चलाउने राम्रो क्षमता भएका व्यक्तिको रूपमा उनलाई चिनिन्छ ।उनी नेपाल शिक्षक संघ ललितपुर का सचिव हुन। पेशा ले शिक्षक भए पनि राजनैतिक रुपमा निकै चतुर खेलाडीका रूपमा लिईन्छ। उनको क्षमता देखेर उनलाई युवा पुस्ताको साथ र समर्थन रहेको छ।जिल्लाका नेताहरू संग राम्रो पहुँच भएका व्यक्ति भिजन र क्षमतनवान व्यक्तिको रूपमा चिनिन्छन।

त्यसै गरि बुखेल बाट वडा अध्यक्षको लागी नेविसंघ जिल्ला सदस्य सुजन संजेल,महाङकाल गाउपालिका उपसभापति ठक्कर प्रसाद घिमिरे पनि मैदानमा होमिएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button