समाचारसूचना प्रबिधि

रंगीन कटन क्याण्डी बिक्री वितरण नगर्न खाद्य विभागको अनुरोध 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रंगीन कटन​ क्याण्डीले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको भन्दै त्यस्ता अखाद्य वस्तु नखान अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै विभागले रंगीन कटन क्याण्डीमा अखाद्य रंग रोडामाइन वी को प्रयोग गरिएको र प्रयोगशालामा जाँच गर्दा देखिन आएकाले यस कम्पनीको लेबल लगाइएको बाहेक खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डी नखान अनुरोध गरेको हो ।

‘यस्ता रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन र बिक्री वितरण नगर्न पनि सबैमा सूचित गरिन्छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ । यस सूचनाको खिलाफ गरी उत्पादन र बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारवाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

Related Articles

Back to top button