खेलकुदसमाचार

प्रधानमन्त्री कपः गण्डकी, कर्णाली र त्रिभुवन आर्मी बिजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकीले बागमतीलाई तीन विकेटले पराजित गरेको हो । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको गण्डकीले तीन बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । गण्डकीका लागि करन पंगेनीले सर्वाधिक ७९ रन बनाए ।टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९.१ ओभर खेल्दा १९८ रनमा समेटियो । गण्डकीका लागि कमल परियारले ४ विकेट लिए ।त्यस्तै मुलपानी मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले पराजित गर्यो ।

भैरहवा रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ४ विकेटले हराएको छ ।

Related Articles

Back to top button