राजनीतिसमाचार

क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिस्ट, कांग्रेस लगायतका पार्टी र नेताहरुभन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गरे । उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए ।

लिङ्देनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गरे ।

Related Articles

Check Also
Close
Back to top button