समाचार

गुल्मीमा सवारी साधनको भाडा दर घटाइयो

गुल्मी जिल्लाका केहि सडकहरुमा चल्ने सवारी साधनको भाडा दर घटाइएको छ । जिल्ला यातायात व्यवस्थान समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद शर्माको अध्यक्षतामा यातायात व्यवसायीहरुको सहभागितामा बसेको बैठकले केहि सडकहरुमा चल्ने सवारी साधनको भाडादर घटाएको हो ।

सडकहरुको अवस्था सुधार भएपनि भाडा दर महङ्गो लिने गरेको गुनासो आएपछि नयाँ भाडा दर लागु गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । समायोजन गरिएको भाडा दर अनुसार रिडी–खैरेनी बस भाडा १ सय २० र रिडी– मजुवा बस ३ सय तोकिएको छ ।

त्यस्तै रिडी-खैरेनी जीपको भाडा १ सय ३० र रिडी-मजुवा जीप ३ सय १०कायम गरिएको शर्माले बताउनुभयो ।

Related Articles

Back to top button