राजनीतिसमाचार

त्रिविको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोज्याेः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताए ।

सोमबार काठमाडौं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएको हो । उनले वर्तमान सरकारले प्रजातान्त्रीक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताए ।

 

नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका कारण सहकारी क्षेत्र बद्नाम भएको उनले बताए ।

Related Articles

Back to top button