बज्रबाराही बालक्लबद्वारा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम आयोजना
ललितपुर –असार १५ का विशेष दिन बज्रबाराही बालक्लबले अन्तरक्रिया तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ।कृषिप्रधान देशमा विद्यार्थीमा कृषि सचेतना जगाउन तथा संस्कृतिलाई बचाउन बालक्लबले यस्तो कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष कृतिका घिमिरेले जानकारी दिनु भयो ।विद्यालयको वार्षिक योजना र नमूना विद्यालय शैक्षिक ,व्यवस्थापकीय तथा भौतिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय सुशासनमा जोडेर बालक्लबलाई सम्बोधन गरिएको र कार्यक्रम सफल भएकोमा प्रधानाध्यापक रामेश्वर महर्जनले सबैलाई धन्यवाद दिंदै आगामी दिनमा बालबालिकाका हक अधिकारमा निरन्तर लाग्ने बताउनु भयो ।बालक्लब तथा संघ संस्था फोकल शिक्षक नवराज सञ्जेलले सात सय बालबालिका एकै ठाउँमा बसेर कृषि बारे छलफल गर्दै संस्कृति जोगाउन दही चिउरामा सहभागी हुनुले उत्साहित भएको बताउनु भयो ।साथै बाल बचाउ ,बाल सहभागिता ,बाल संरक्षणमा सघाउन आग्रह गर्नु भयो ।” धान रोपौँ,खाद्यान्नमा आत्मनिर्भर बनौं ” भन्ने कृषि नारामा अन्तरक्रिया हुँदा कृषि कविता ,कृषि गीत ,बाल गजल समेत प्रस्तुत गरिएको क्लबका सचीव प्रविशा लामाले जानकारी दिनु भयो ।यस्ता चेतनामूलक कार्यक्रमले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पार्ने आधारभूत तह इन्चार्ज सन्तोष लुइँटेलको विश्वास छ।बज्रबाराही माध्यमिक विद्यालयले शिक्षण सिकाइसँगसँगै अतिरिक्त तथा सहक्रियाकलाप समेत जोड दिंदै आएको छ ।कार्यक्रममा विद्यालय शिक्षक ,कर्मचारी ,विद्यार्थी ,बालक्लब,रेडक्रस ,सदन नेताहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।नेपालमा २०६२ असार देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको छ।
Camden Frank