अन्तर्राष्ट्रियसमाचार

अमेरिकामा भिषण आँधी र हिमपात, २४ सय उडान रद्द

अमेरिकामा शक्तिशाली आँधी र हिमपातले जनजीवन तहसनहस बनाएको छ ।

हालै देखिएको हावाहुरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । आँधीका कारण मध्यपश्चिम र दक्षिणी क्षेत्रमा सयौं उडान रद्द भएका छन् । यस्तो अवस्थामा हजारौं मानिस विमानस्थलमा अलपत्र परेका छन् ।

फ्लाइट ट्र्याकिङ वेबसाइटको डाटालाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ कि आँधीका कारण हालसम्म २४०० भन्दा बढी उडानहरू ढिलाइ तथा २००० भन्दा बढी रद्द भएका छन्।

Related Articles

Back to top button