राजनीतिसमाचार

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० लाई बहुमतले पारित गरेको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित प्रस्तुत गर्नुभएको विधेयक सभाले पारित गरेको हो । विधेयकमा मुलुकको आर्थिक तथा वित्तीय प्रणालीको स्थायित्व कायम गर्न व्यवसायीक वातावरण प्रवद्र्धन गरी मुलुकमा वित्तीय पारदर्शीता, लगानीमैत्री वातावरण निर्माण र सुशासन कायम गर्न थप सहयोग पुर्‍याउने विषय समेटिएका छन् ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आगामी फागुन ६ गते हुने गरी निर्धारण गरेको जानकारी गराउँदै फागुन २ गते बुधवार ३ बजेसम्म आफ्ना प्रश्नहरू दर्ता गराउन सांसदहरूलाई आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।

Related Articles

Back to top button