राजनीतिसमाचार

पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी : मन्त्री गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई पुरानै अवस्थामा फर्काउन सके अग्रज नेताहरूको सम्मान हुने बताउनुभएको छ ।

स्व बलराम पौडेलको १२औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जली सभामा उहाँले पौडेलजस्ता लोकतान्त्रिक आन्दोलनका अगुवाको सम्मानका लागि पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी रहेको बताउनुभयो । स्व पौडेलले पार्टीमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँले पौडेलको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताउनुभयो ।

श्रद्धाञ्जली सभामा परिवारले पौडेलले अध्ययन गरेको त्रिभुवन माध्यमिक विद्यालय तनहुँ र अध्यापन गरेको भरतपुर महानगरपालिका–१६ को दुर्गा शेषकान्त माध्यमिक विद्यालयमा रु दुई लाख ५० हजारका दरले अक्षयकोष स्थापना गरेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिनुभयो ।

स्व पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशका पूर्वमन्त्री हुनुहुन्थ्यो । उहाँको यही माघ १७ गते सडक दुर्घटनामा परी निधन भएको हो ।

Related Articles

Back to top button