समाचार

एमाले केन्द्रीय समिति बैठक फागुन ८ देखि १० गतेसम्म

नेकपा एमालेले फागुन ८, ९ र १० गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

अनौपचारिक रुपमा नेताहरुबिच फागुन ८ देखि १० मा केन्द्रीय समिति बैठक बोलाउने सहमति भएपनि औपचारिक रुपमा भने सचिवालय बैठक बसेर मिति घोषणा गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । प्रमुख गौतमका अनुसार बैठकमा झुलाघाट–चिवाभन्ज्याङ यात्राको समीक्षाका साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा विश्लेषण हुनेछ ।

बैठकमा २०८१ सालमा पार्टी शुद्धीकरण र सुदृढिकरण अभियान चलाउने यसअघिको घोषणाको कार्यान्वयन पक्षमा गर्नुपर्ने काम र तयारी तथा पार्टीको आन्तरिक सांगठानिक व्यवस्थापनको कार्यविधिमाथि छलफल गर्ने एमाले तयारी छ ।

 

Related Articles

Back to top button