समाचार

ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, भोलि फैसला सुनाउने

ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो ।

विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन रहेको छ । भोलि (बुधबार) फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

यसअघि जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो ।  गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी समेत माग गरेको थियो ।

Related Articles

Back to top button